+
Search

ताजा अपडेट +

पपुलर +

साउदीमा गैरआवासीय नेपाली संघ अल कासिमको तेस्रो अधिबेशन सम्पन्न

Janata Space
२०७५ भाद्र ११, सोमबार १६:३७ बजे

साउदी अरब स्थिति गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको तेस्रो अधिबेशनले २०१८-२०को लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

साउदी अरबको लागि नेपाली महामहिम राजदुत महेन्द्र सिह राजपुतको प्रमुख अतिथ्यमा अस्ति शुक्रवार अगस्त २४ को दिन बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा आयोजित अधिबेशन भब्यताका साथ सम्पन्न भएको थियो ।

आरसिसि अल कासिमका का.बा अध्यक्ष मनिष कोइरालाको सभापतित्व संचालित कार्यक्रममा जेद्दाका कार्यवाहक महाबाणिज्यदुत रेबती रमन पौडेल, सेख अबु महम्मद, एनआरएनए साउदीका उपाध्यक्ष ध्रुब रिजाल विशिष्ट अतिथिमा र एन सि सि साउदीका सचिब, आर सि सि प्रमुख सल्लाहकार तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठ, एनसिसि सह-कोषाध्यक्ष तथा आरसिसि सल्लाहकार योगेन्द्रबहादुर श्रेष्ठ, एनसिसि युवा सम्योजक तथा आरसिसि सल्लाहकार राज कुमार श्रेष्ठ, आरसिसि रियाद भुतपुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता बिष्णु पौडेल, नेपाली प्रवासी समाज हाइलका अध्यक्ष होम राज बास्तोला, गन्तब्य नेपाल उनैजाका अभियन्ता यादव घिमिरे तथा मिलन श्रेष्ठ, सामाजिक अभियन्ता, समाजसेवी लुलु हाइपर मार्केट हाइलका जेनेरल म्यानेजर चाद मोहम्मद अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा आर सि सि अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारीको स्वागत मन्तव्य पछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले संयुक्त रुपमा ब्यानर खोली उद्घाटन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राजदुत महेन्द्र सिह राजपुत तथा बिशिस्ट अतिथि रेवती रमन पौडेल, ध्रुब रिजालले मन्तव्य दिदै आर सि सि अल कासिमको २०१६-१८ कार्यकाल सफल रहेको र सफल बनाउन अहम् भुमिका खेल्ने आरसिसि का.बा.अध्यक्ष मनिष कोइराला तथा सम्पुर्ण समितीका पदाधिकारी र एनसिसि सचिब तथा दूतावास स्वयंसेवक बिशाल श्रेष्ठलाई सधन्यवाद दिदै नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space