+
Search

ताजा अपडेट +

पपुलर +

ड्रिम गर्ल’को दोस्रो गीत ‘फूल टिपेर’ सार्वजनिक

Janata Space
२०७५ भाद्र ११, सोमबार १६:२९ बजे

चलचित्र ‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘फूल टिपेर’ बोलको सार्वजनिक गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत तथा स्वर छ । उनलाई स्वरमा गायिका दुर्गा खरेलले साथ दिएकी छिन् । गीतको शब्द भने निर्देशक ऋषिराज आचार्य आफैले लेखेका हुन् ।

असोज १९ गते बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, आश्मा गिरी, लक्ष्मी गिरी, विल्सन विक्रम राई र पुना पूजा पराजुलीलाई फिचर्ड गरिएको छ । ‘ड्रिम गर्ल’का निर्देशक ऋषिराज आचार्य हुन् ।

आरबी मुभिजको व्यानरमा ऋषिराजसँगै अर्जुन शर्मा, रामेश्वर धितालले निर्माण गरेको सिनेमामा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राईका अलवा सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतको अभिनय छ ।

काठमाडौँ, मुस्ताङ र थाइल्याण्डमा छायाँकन गरिएको सिनेमाको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको सिनेमामा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space