+
Search

ताजा अपडेट +

पपुलर +

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न, एन बी अन्जान अध्यक्ष चयन

अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न, एन बी अन्जान अध्यक्ष चयन

Janata Space
२०८२ असार ६, शुक्रबार १३:४५ बजे

पोर्चुगल, जुन १९ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अधिवेशन आज अनलाइनमार्फत सम्पन्न भएको छ। दुईवर्षे कार्यकालका लागि एन बी अन्जान अध्यक्ष चयन भएका छन्।
निर्विरोध निर्वाचित कार्यसमितिमा सागर शाह (वरिष्ठ उपाध्यक्ष), उर्मिला कार्की (उपाध्यक्ष), मणिराज गौतम (महासचिव), ऋतुशला लामा (सचिव), मुना नेउपाने (कोषाध्यक्ष), सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला (सदस्य) रहेका छन्।

अधिवेशनमा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यता रहेको थियो। निर्वाचन समितिमा यादव देवकोटा संयोजक, अर्जुन श्री र प्रेम लिम्बू सदस्य थिए। अधिवेशन सौहार्दपूर्ण र निर्विरोध सम्पन्न भएकोमा निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गरे। साथै, अधिवेशनले रबिन अधिकारी, यादव देवकोटा, सवी श्रेष्ठ, अर्जुन श्री र आरपी पन्त रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत पारित गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space