+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपासँगै रास्वपाको संसद् बहिष्कार

रास्वपा र राप्रपाको संयुक्त विरोध, सदनबाट बाहिरिए सांसदहरू

Janata Space
२०८२ असार ६, शुक्रबार १२:३२ बजे

 काठमाडौं,असार ६ – प्रतिनिधिसभाको आजको बैठकमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबैले सदन बहिष्कार गरेका छन्।

बैठक सुरु भएलगत्तै दुबै दलका सांसदहरूले आफ्नो स्थानबाट उभिएर विरोध प्रदर्शन जनाए। सभामुख देवराज घिमिरेले सांसदहरूलाई शान्त बस्न आग्रह गरे पनि उनीहरूले असहमति जनाउँदै आग्रह अस्वीकार गरे।

सभामुखले कार्यसूचीअनुसार मन्त्रालयगत बजेटमाथि छलफल जारी राख्ने निर्णय गरेपछि राप्रपा र रास्वपाका सांसदहरू सामूहिक रूपमा संसद् कक्षबाट बाहिरिए।

यसअघि बैठकको कार्यसूचीमा समावेश गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको सभामुखले जानकारी गराएका छन्।
सांसदहरूको असन्तुष्टि र बाहिरिने घटनाले सदनमा दलहरूबीचको विश्वासको संकट र असहमति गहिरिएको संकेत गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space