✍ लेखनाथ सिकारू
काठमाडौं ।-विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको विशेष रक्तदान कार्यक्रममा देशभरबाट २ सय २१ जनाले रक्तदान गरेका छन्।
देशका चार स्थान—दाङ, काठमाडौँ, उदयपुर र सुर्खेत—मा एकसाथ सम्पन्न कार्यक्रममा क्रमशः ८०, ६१, ६१ र १९ पिन्ट रगत संक
लन गरिएको आयोजक समितिले जानकारी दिएको छ।
नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख चमेली वाईजीका अनुसार, “विज्ञानले धेरै कुरा आविष्कार गर्न सके पनि रगतको विकल्प अझै फेला पारेको छैन। रगतको माग पुरा गर्ने एक मात्र उपाय भनेको स्वेच्छिक रक्तदान नै हो।” उहाँले थप भन्नुभयो, “दान मध्यको सबैभन्दा ठूलो दान रक्तदान नै हो।”
आध्यात्मिक तथा सामाजिक संस्था नेपाल मानव धर्म सेवा समितिले विश्व रक्तदाता दिवस, जुन १४, लगायत अन्य अवसरहरूमा पनि निरन्तर रक्तदान कार्य
क्रम गर्दै आएको जनाएको छ।
प्रतिक्रिया