+
Search

ताजा अपडेट +

पपुलर +

एएफसी एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १९:१२ बजे

फुटबल टोली घर फर्कियो एएफसी एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति काठमाडौं आइपुगेको हो । जारी छनोटमा अंकको खाता खोल्ने लक्ष्यसहित गएको नेपाल असफल बनेर घर फर्किएको छ । लाओससँग नेपाल दुई–एक गोलले पराजित भएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार बेहोरेको हो । पहिलो खेलमा पनि नेपाल मलेसियासँग २ – ० गोलले पराजित भएको थियो । लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । बलियो हङकङलाई गोलरहित बराबरीमा रोकेपछि नेपालले लाओसलाई जित्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space