धानको मूल्य भेटिएन चैते धानकोे मूल्य नपाउँदा किसान निराश भएका छन् । तराईका विभिन्न जिल्लामा चैते धान रोपेका उनीहरुले धानको मूल्यले लागत पनि नउठेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । झापा कमलका राजन गौतमले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे पनि मूल्य भने न्यून पाएपछि निराशा व्यक्त गर्नु भयो । गतवर्ष क्विन्टलको तीन हजारभन्दा बढी मूल्यमा धान बेचेका गौतमले यसपटक २ हजार हाराहारीमा मात्रै बिक्रि गर्नुभयो । कतिपय किसानले उचित मूल्य नपाएपछि घरमा नै धान थन्क्याएका छन् । सरकारले चैतेधानको समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ८ सय ७९ तोके पनि ब्यापारीले त्यति मूल्यमा धान नकिनेको किसानको गुनासो छ । भारतबाट सस्तोमा धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुन् ।
चैते धानकोे मूल्य नपाउँदा किसान निराश भएका छन्
चैते धानकोे मूल्य नपाउँदा किसान निराश भएका छन्
२०८२ जेष्ठ २९, बिहीबार १८:४९ बजे

प्रतिक्रिया