+
Search

ताजा अपडेट +

पपुलर +

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बोलाइएको छ

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बोलाइएको छ

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १८:४६ बजे

संसदीय समिति संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बोलाइएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थालगायतमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । बालश्रम विरुद्धको दिवस विश्वभर १६ करोड बालश्रमिकको रहेकोे विश्व श्रम संगठन आईएलओको तथ्यांकले देखाएको छ । ५ देखि १७ वर्ष उमेर समुहका बालश्रमिको संख्या पछिल्लो समय बढ्दै गएको आईएलओले जनाएको छ । विश्वभरका बालश्रमिक मध्ये करिव साढे ४ करोड अफ्रिका तथा ३ करोड ८४ लाख एशियामा छन् । कोभिड संक्रमण महामारी पश्चात सुस्ताएको अर्थतन्त्रका कारण पनि बालश्रमिकको संख्या बढेको आइएलओले जनाएको छ । कोभिड अगाडी सन् २०१९मा सो संंख्या १५ करोड २० लाख हाराहारीमा थियो । बालश्रमिकका रुपमा रहेका बालबालिकाको उचित शिक्षा तथा सुरक्षित बालापन आईएलओले आवाज उठाउंदै आएको छ । नेपालमा भने बालश्रमिकको सख्या पछिल्लो समय घट्दै गएको दाबी गरिएको छ । सन् २०१२मा १६ लाख रहेको बालश्रमिकको संख्या सन् २०२१ सम्म आइपुग्दा ११ लाखमा झरेको राष्ट्रिय तथ्यांक कार्यालयले गरेको पछिल्लो जनगणनाले देखाएको हो । आज जुन १२, प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बांकी छः प्रयासलाई तीव्र बनाऔं भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय बालश्रमिक विरुद्धको दिवस मनाईंदैछ । रोजगारदाता, श्रमिक संगठन लगायतले बाल श्रमिक विरुद्धको आवाज उठाउंदै यो दिवस मनाउंदैछन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले दिवसको अवसरमा आज कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space