+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको बैठक विपक्षी दलको अवरोधले लगातार अवरुद्ध हुँदै

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १८:३० बजे

प्रतिनिधिसभाको बैठक विपक्षी दलको अवरोधले लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएपनि विपक्षी दलले अवरोध पु¥याउने सम्भावना छ । भिजिट भिसा प्रकरणको विषयलाई उठाएर विपक्षी दलले निरन्तर रुपमा बैठक सञ्चालनमा अवरुद्ध पार्दै आएका छन् । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतकसहित विपक्षी दललाई पटक–पटक आग्रह गरेपनि उहाँ सफल हुन सक्नुभएको छैन । सभामुख घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकको बैठक समेत निष्कर्षबिना टुंगिएको थियो । हिजो ढिलो गरी शुरु भएको बैठकमा विपक्षी दलले अवरोध गरेपछि आज बस्ने गरि बैठक स्थगित भएको थियो । भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलको माग छ । दलहरुबीच सहमति नहुँदा जेठ १३ गतेदेखि नै प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तत्वसहित आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तावसहितका कार्यसूची एक साताबढि देखि संघीय संसद बैठकको कार्यसूचीमै छ । यता, सरकारले भने विपक्षी दलहरुका कारण अवरुद्ध प्रतिनिधि सभा बैठक केही दिनमै सञ्चालन हुने दाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space