काठमाडौँ । नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।उनले भने,“पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ।”
निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गरेका छन् । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् भने वसन्त निरौलाले निर्देशन गर्नेछन् । उक्त चलचित्र आगामी भदौ आसपासमा छायाङ्कन गर्ने तयारी गरिएको श्रेष्ठले बताए । उनले ‘लाज शरणम् २’ नामक चलचित्र पनि निर्माणको तयारी भइरहेको जानकारी दिए ।
उक्त चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतले अभिनय रहेको छ । कुमार कट्टेल (जिग्री) ले चलचित्रलाई निर्देशन गरेका छन् ।
https://www.siddharthabank.com/
प्रतिक्रिया