विश्वकप लिग टूमा नेदरल्यान्ड्स ४४ रनले पराजित स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्थहिलमा भएको पछिल्लो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ४४ रनले हराएको हो । जितका लागि पाएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४५ ओभरमा अल आउट हुँदै २ सय १८ रनमा समेटिएको थियो । नेदरल्यान्ड्सको ओपनिङमा माइकल लेभिटले सर्वाधिक ३५ र रोइलफ भान डेर मेर्वेले ३० रन बनाए । बलिङमा स्कटल्यान्डका लागि ब्रान्डन मक्मलेनले तीन विकेट लिए । यस्तै, ज्यास्पर डेभिडसन, सफयान शरिफ र मार्क वाटले समान २–२ विकेट हात पारे । त्यसअघि नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । स्कटल्यान्डका फिनले म्याक्रेथले सर्वाधिक ८१ रन बनाए । यसै, मार्क वाटले ६०, साफियान शरिफले अविजित ३६ र ओपनर जर्ज मुन्जीले २६ रन बनाए । नेदरल्यान्ड्सका केलि क्लेनले तीन विकेट लिए भने आर्यन दत्त र रोइलफ भान डेर मेर्वेले समान २–२ विकेट हात पारे । यो जितपछि घरेलु टोली स्कटल्यान्ड १८ खेलमा २२ अंकसहित विश्वकप क्रिकेट लिग–टू तालिकाको चौंथो स्थानमा रहेको छ । पराजित नेदरल्यान्ड्स २२ खेलमा २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ । नेपाल भने १४ खेलमा १० अंकका साथ सातौं स्थानमा रहेको छ । अब नेपालले भोलि जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ । जारी सिजनमा नेपालले यसअघिका खेलमा दुई शीर्षस्थ टोली स्कटल्याण्ड र नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।
आईसीसी विश्वकप लिग टूमा नेदरल्यान्ड्स ४४ रनले पराजित
आईसीसी विश्वकप लिग टूमा नेदरल्यान्ड्स ४४ रनले पराजित
२०८२ जेष्ठ २४, शनिबार १०:०४ बजे

प्रतिक्रिया