+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जादै

सामुदायिक अस्पतालको भवन उद्घाटनका लागि प्रधानममन्त्री ओली आज विराटनगर जादै

Janata Space
२०८२ जेष्ठ २४, शनिबार ०९:४८ बजे

प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जादै हुनुहुन्छ । एउटा सामुदायिक अस्पतालको भवन उद्घाटनका लागि प्रधानममन्त्री ओली विराटनगर जान लाग्नु भएको हो । नेपाली सेनाको हेलिकोप्टर मार्फत ओली दिउँसो १ बजे बिराटनगर पुग्ने कार्यतालिका छ । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्बको लागतमा २ सय बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ । सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिनुभयो । २०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको मण्डलले बताउनुभयो । भण्डारीको सक्रियता पछिल्लो समय पार्टीका गतिविधिमा सक्रिय बन्दै आउनुभएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले आज झापामा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ । एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको उद्घाटनका लागि भण्डारी हिजै बिर्तामोड पुग्नु भएको हो । एमाले पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले हिजो विराटनगरमा आयोजित पालिकाका उपप्रमुखहरुको भेलालाई सम्बोधन गर्नु भएको थियो । यसअघि भण्डारी चिनिया कम्युनिष्ट पार्टीको निम्तो मान्न एमाले नेता लिएर १० दिन लामो चिन भ्रमणमा जानु भएको थियो

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space