+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक वर्षको बजेट लगायत विषयमा छलफल गर्न सत्तारुढ एमालेले संसदीय दलको बैठक बस्दै

आर्थिक वर्षको बजेट लगायत विषयमा छलफल गर्न सत्तारुढ एमालेले संसदीय दलको बैठक बस्दै

Janata Space
२०८२ जेष्ठ १९, सोमबार ०९:५९ बजे

एमाले संसदीय दलको बैठक बस्दै आगामी आर्थिक वर्षको बजेट लगायत विषयमा छलफल गर्न सत्तारुढ एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक संघीय संसदको लोत्से हलमा आज दिउँसो एक बजे बस्नेछ । बैठकमा संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले मुख्यसचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकमा संसदको अवरोध हटाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । सरकारले जेठ १५ गते बजेट ल्याएको थियो । संसदमा भोलिबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ । भिजिट भिसाको आवरणमा मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका विपक्षी दलले बजेटमाथिको छलफलमा पनि अवरोध कायम राख्ने देखिन्छ । विपक्षी दलहरुले सरकारलाई आगामी आर्थिक वर्षको बजेट पेस गर्न भने दिएको थियो । बजेट प्रस्तुतपछि कसरी अगाडि बढ्ने भन्ने विषय सरकारको कदममा आधारमा अगाडि बढ्ने विपक्षी दलका नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दलका सांसदले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने बताइरहेपनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका दलहरुले राजीनामा दिनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space