+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ

Janata Space
२०८२ जेष्ठ १९, सोमबार ०९:५६ बजे

रास्वपा सचिवालय र दलको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । पछिल्लो विकसित राजनीति घटनाक्रमको समीक्षा र आगामी रणनीतिमा छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा भिजिट भिषा प्रकरणमा गृहमन्त्री संलग्नता, पार्टीका गतिविधिलगायत विषयमा छलफल हुनेछ । भिजिट भिषाको प्रकरणमा सचिवालयका कर्मचारीको नाम जोडिएपछि गृहमन्त्री रमेश लेखकमाथि विपक्षी दलहरुले राजीनामाको दबाब बढाएका छन् । सरकारले भने भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै बचाउमा उत्रेपनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामाको माग गरेका छन् । सरकारले गृहमन्त्रीलाई जोगाउन खाजेको भन्दै रास्वापाले कार्यपालिकामाथि नै प्रश्न समेत उठाएको छ । गहृमन्त्री लेखकले राजीनामा दिएपछि त्यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रास्वपाको माग छ । प्रमुख सचेतक परियारले सरकारले गृहमन्त्रीलाई जोगाउन खोज्नुको कारण आफूहरुले बुझ्न नसकेको बताउनुभएको छ । दिउँसो एक बजेको सचिवालय बैठकपछि ३ बजे दलको बैठक बस्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space