सुपर थ्रीमा नेपालले यूएईसँग खेल्दैछ नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’मा संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । थाइल्याण्डको तेर्डथाई क्रिकेट ग्राउन्डमा यूएईले नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ र त्रीथा सतिशले २१ बनाइन् । नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल र यूएईका लागि आजको खेल निर्णायक मानिएको छ । नेपालले आजको खेलमा यूएईलाई हराउन सके विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । यदि आज नेपाल पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिनेछ । नेपालको अर्को खेल बाँकी रहेपनि अंक तालिकामा यूएई अगाडि छ । त्यसैकारण पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । अंक तालिकामा नेपालको पाँच अंक रहँदा यूएईको ६ अंक रहेको छ । टी–२० आई वरीयतामा नेपालभन्दा यूएई बलियो छ । यसअघि सुपर थ्री अन्तर्गत हिजो भएको पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग यूएई पराजित भएको थियो । थाइल्याण्ड भने एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट
नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’मा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ
२०८२ जेष्ठ ५, सोमबार १९:५८ बजे

प्रतिक्रिया