+
Search

ताजा अपडेट +

पपुलर +

हुम्लाको तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि

हुम्लाको तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको तथ्य फेला पारेको हो

Janata Space
२०८२ जेष्ठ ५, सोमबार १९:४० बजे

हुम्लामा हिमताल फुटेको पुष्टि हुम्लाको तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । बाढी–पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको तथ्य फेला पारेको हो ।  फोर के नेस्नलडेलि संग
कुरा गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि हिमताल फुटेकै कारण बाढी आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार ४७ सय मिटर भन्दा माथिको स्थानसम्म हिमताल फुटेकोे छ । हिमताल फुटेपछिको सम्भावित जोखिम कम गर्नका लागि टोली परिचालन गरिएको मन्त्री शाहीले बताउनुभयो । नाम्खा गाउँपालिका–६ को तिलगाउँ र कञ्जुम गुम्बाबीच भएर बग्ने सेखाङलुग्वा खोलामा गत बिहीबार राति पानी नै नपरी एक्कासी बाढी आएको थियो । बाढी लगत्तै जोखिममा परेका १८ घरपरिवारका ३२ जनालाई राति नै सुरक्षित स्थानमा सारिएको छ । उनीहरु अहिले पनि त्रिपालमा बस्दै आएका छन् । पानी नपरेको अवस्थामा एक्कासी बाढी आउँदा स्थानीय त्रसित छन् । लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । त्यस्तै, बाढीले १५ किलोवाट क्षमताको एउटा जलविद्युत गृहका साथै सिंचाइका लागि प्रयोग गरिँदै आएको कुलो पनि बगाएको छ । पहिरोले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो । यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढी–पहिरो प्रभावितको तत्काल उद्धार तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले आज बिहान समाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिनु भएको छ । फेसबुकमा लेख्दै उहाँले राहत र उद्धारको पर्खाइमा रहेका ३३ जनाले अहिलेसम्म सरकारबाट केही नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space