+
Search

ताजा अपडेट +

पपुलर +

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ बैठक सम्पन्न

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ बैठक सम्पन्न, ४०० श्यैयाको अस्पताल निर्माण सुरु हुने

Janata Space
२०८२ असार ८, आईतवार १८:४७ बजे

काठमाडौं, ८ असार।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २ अर्ब ७४ करोड ४१ लाखको बजेट पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले चार सय श्यैयाको शिक्षण अस्पताल निर्माण सुरु गर्ने निर्णय गरेको हो।

बैठकमा शैक्षिक, अनुसन्धानात्मक र व्यवस्थापकीय कार्यक्रमका लागि नीति, योजना र बजेट पारित गर्नुका साथै प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरूमा संशोधन गरिएको छ। साथै प्रतिष्ठानको लोगो परिवर्तन गर्ने निर्णय पनि गरिएको छ।

प्रधानमन्त्री ओलीले बैठकमा सम्बोधन गर्दै नेपाललाई “स्वास्थ्य विज्ञानको आदि भूमि” भएको उल्लेख गर्दै प्रतिष्ठानलाई पूर्वाधार तथा जनशक्तिको हिसाबले पूर्ण बनाउन आग्रह गर्नुभयो। साथै, निरोगी नेपाल अभियानलाई आत्मसात् गर्दै जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेलसहितको सहभागिता रहेको बैठकमा उपकुलपति डा. विकास लामिछानेले पाँचौँ सिनेट बैठकबाट पारित चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणको गुरुयोजना कार्यान्वयनमा प्रवेश गरिसकेको जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space