+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल

Janata Space
२०८२ असार ४, बुधबार २०:१२ बजे

काठमाडौँ, असार ४ — राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको मूल अभिष्ट भएको बताउनुभएको छ।

पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८२ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र प्राप्ति नेपाली जनताको लामो संघर्ष, अग्रज नेताहरूको त्याग र बलिदानको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले सुशासन, सेवा प्रवाहमा चुस्तता र स्रोत–साधनको उचित उपयोगमार्फत मात्र लोकतन्त्रको उद्देश्य पूरा हुने बताउनुभयो।

राष्ट्रपतिका अनुसार, “यदि हामीले यी लक्ष्यहरू प्राप्त गर्न सक्यौं भने मात्र लोकतन्त्रका लागि जीवन समर्पण गर्ने अग्रज नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।”

कार्यक्रममा उहाँले नेपालका प्रख्यात नेता पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गर्दै भन्नुभयो, “पुष्पलालले नेपाली समाजको आर्थिक संरचना, वर्गीय अन्तरविरोध र उत्पादन प्रणालीको विश्लेषणलाई गहिराइमा अभिलेखित गर्नुभएको थियो।”

राष्ट्रपति पौडेलले पुष्पलालको माक्र्सवादी दर्शनप्रति आधारित रहेर पनि लोकतान्त्रिक प्रक्रियामार्फत नै समस्याको समाधान सम्भव हुनेमा अटल विश्वास राख्ने नेता भएको स्मरण गर्नुभयो। उहाँले २०४६ सालको जनआन्दोलनबाट पुष्पलालको विचार उपयुक्त रहेको पुष्टि भएको समेत उल्लेख गर्नुभयो।

“पुष्पलालको वैचारिक जगले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक मार्गमा उन्मुख गराएको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “पछि त्यसै विचारलाई मदन भण्डारीले बहुदलीय जनवादको रूपमा दार्शनिक स्वरूप दिनुभयो भने अन्य केही विचारहरू क्रमशः हराएर गए।”

समारोहको अवसरमा राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो। राजनीतिका क्षेत्रमा शान्त मानवी, इतिहासमा डा. मेदिनीप्रसाद सेडाईं र साहित्यमा राममणि पोखरेललाई पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space