+
Search

ताजा अपडेट +

पपुलर +

त्रिदेशीय टी–२० क्रिकेट

त्रिदेशीय टी–२०: ‘लो स्कोरिङ’ खेलमा नेपाल २ विकेटले विजयी

Janata Space
२०८२ असार ४, बुधबार १०:१९ बजे
ग्लास्गो – त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले स्कटल्यान्डलाई रोमाञ्चक ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको छ। ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० रन, र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए। कप्तान रोहित पौडेल ७ रन, र अनिल साह ३ रनमा आउट भए। खेलको अन्त्यमा सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जित दिलाए।

सन्दीपको बलिङमा स्कटल्यान्ड दबावमा

यसअघि, पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमै समेटियो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।
  • सन्दीप लामिछाने – ४ विकेट
  • दीपेन्द्रसिंह ऐरी र करण केसी – २–२ विकेट
  • ललित राजवंशी – १ विकेट
नेपालले खेलभरि स्कटल्यान्डको ब्याटिङलाई पूर्ण नियन्त्रणमा राखेको थियो।

शृंखला स्थिति

अघिल्लो दिन नेपाल नेदरल्यान्ड्ससँग तीन सुपर ओभरसम्म पुगेको खेलमा पराजित भएको थियो। प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space