+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको नाराबाजीबीच प्रतिनिधिसभा बैठक स्थगित

रास्वपाको नाराबाजीबीच प्रतिनिधिसभा बैठक स्थगित

Janata Space
२०८२ असार ३, मंगलवार १४:४१ बजे

 काठमाडौं असार ३, — प्रतिनिधिसभाको आजको बैठक पनि रास्वपाका सांसदहरूको नाराबाजीका कारण अवरुद्ध भएको छ।

बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो। उनले भिजिट भिसा प्रकरणमा सरकार मौन रहेको भन्दै प्रश्न उठाइन्। साथै, २०६४ सालदेखि चल्दै आएको गम्भीर विकृतिको रूपमा यो विषय उठाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन्।

उनको मन्तव्यपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न अनुमति दिए। श्याम घिमिरेले बोलेपछि सभामुखले आजकै लागि बैठक आधा घण्टापछि बस्ने गरी स्थगित गर्ने घोषणा गरे।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space