+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल आज नेदरल्याण्ड्सको सामना

त्रिदेशीय टी–२० सिरिज : नेपाल आज नेदरल्याण्ड्सको सामना

Janata Space
२०८२ असार २, सोमबार १०:३४ बजे

✍ राजन घर्ती

ग्लास्गो (स्कटल्याण्ड) । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड मैदानमा नेपाली समय अनुसार बेलुका ७:४५ बजे खेल सुरु हुनेछ।

आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो। सिरिजमा नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डले दोहोरो राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। सर्वाधिक अंक बटुल्ने टोलीलाई सिरिजको विजेता घोषित गरिनेछ।

अघिल्लो साता क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास बटुलेको नेपाली टोली डन्डीबाट ग्लास्गो पुगेर अभ्यास गरिरहेको छ।

नेपालको यो सिरिज आगामी अक्टोबरमा ओमानमा हुने एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण मानिएको छ। उक्त छनोटमा नेपालसहित ओमान, यूएई, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार र समाओले सहभागिता जनाउनेछन्।

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space