लेखनाथ सिकारू,
हेटौंडा, मकवानपुर – नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलन अन्तर्गत सातै प्रदेशमा मुख्यमन्त्री कार्यालयहरू अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ। यसै क्रममा बागमती प्रदेश कमिटीले हेटौंडास्थित मुख्यमन्त्री कार्यालयअगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको हो।
धर्नामा पार्टी पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघ (समाजवादी) की अध्यक्ष मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, प्रदेश अध्यक्ष भीमप्रसाद दाहाल, प्रदेश सचिव एलपी श्रेष्ठ, केन्द्रीय सल्लाहकार यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल तथा विभिन्न तहका नेता, कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले चर्को घामको तापका बाबजुद अनुशासित र शान्तिपूर्ण तरिकाले प्रदर्शन गरेका थिए। पार्टीका अनुसार, उनीहरूले अघि सारेको ५९ बुँदे माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने छ।
धर्ना कार्यक्रममा शान्तिपूर्ण प्रदर्शनमा हतियारधारी सुरक्षाकर्मी परिचालन गर्नु दमनकारी तथा लोकतान्त्रिक मूल्य विपरीत भएको भन्दै एकीकृत समाजवादीले कडा भर्त्सना गरेको छ। साथै, मागहरू समयमै सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त र व्यापक बनाउने चेतावनी पनि दिएको छ।
प्रतिक्रिया