दक्षिण कोरियाका नयां राष्ट्रपति लाई जे मियुङले उत्तर कोरियासंगको सम्बन्ध सुमधुर बनाउने संकेत गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै राष्ट्रपति लाईले उत्तर कोरियाको सिमामा चर्को ध्वनी बजाइंदै आएको स्पिकर बन्द गर्नुभएको छ । सो स्पिकरबाट उत्तर कोरियालाई बाहिरि दुनियांको बारेमा जानकारी दिंदै आइएको थियो । उत्तर कोरियाले आफ्ना नागरिकलाई बाहिरि दुनियांको प्रभावबाट टाढा राख्दै आएकामा दक्षिणले भने उत्तरका नागरिकलाई जागरुक बनाउन भन्दै सिमामा चर्को ध्वनीमा स्पिकर बजाउंदै आएको थियो । यस्तै, दक्षिणले स्पिकर बन्द गरेसंगै उत्तर कोरियाले समेत दक्षिण कोरियाको आलोचना गर्ने गरि बजाउंदै आएको स्पिकर बन्द गरेको छ । दुई मुलुकको यो कदमले सम्बन्ध सुध्रने संकेतको रुपमा अथ्र्याइएको छ ।
दक्षिण कोरियाका नयां राष्ट्रपति लाई जे मियुङले उत्तर कोरियासंगको सम्बन्ध सुमधुर बनाउने संकेत
२०८२ जेष्ठ २९, बिहीबार १९:०८ बजे

प्रतिक्रिया