+
Search

ताजा अपडेट +

पपुलर +

खारकिभमा मध्यरातमा ड्रोन आक्रमण

रुसले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा मध्यरातमा ड्रोन आक्रमण गर्दा ६ जनाको मृत्यु

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १९:०४ बजे

रुसले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा मध्यरातमा ड्रोन आक्रमण गर्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा ९ बालबालिका सहित ६४ जना घाइते भएका छन् । मध्यरातमा लगातार ९ मिनेटसम्म ड्रोन आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । सो आक्रमण एक साताको अवधिमा दोस्रो पटक भएको जनाएको छ । युक्रेनले गरेको आक्रमणको बदलामा सो प्रतिक्रिया दिएको रुसको भनाई छ । १७ वटा ड्रोनले ५ वटा अपार्टमेन्टमा आक्रमण गरिएको रोयटर्सले जनाएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई पर्याप्त दबाब नभएका कारण आक्रमण जारी राखेको प्रतिक्रिया दिनुभएको छ । सन् २०२२ देखि जारी युद्धका कारण युक्रेनका संरचना ध्वस्त भएका छन् । ध्वस्त भएका संरचना पुननिर्माणका लागि युक्रेनको दुर्लभ खानीबाट निस्केका पदार्थ बेचबिखन पश्चात आउने रोयल्टी प्रयोग गर्नेबारे अमेरिका र युक्रेनबीच यसअघि सहमति भईसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space