+
Search

ताजा अपडेट +

पपुलर +

इसीएफको अध्ययन विस्तारित कर्जा सुविधा

अन्तर्गतको छैटौं किस्ताका लागि अन्तर्राष्ट्रिय (ईसीएफ) मुद्रा कोषले नेपालको स्थलगत समीक्षा पूरा गरेको छ

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १८:५८ बजे

इसीएफको अध्ययन विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं किस्ताका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको स्थलगत समीक्षा पूरा गरेको छ । गत साता नेपाल आएको कोषको एक टोलीले छैटौं किस्ताका लागि मूल्यांकन समीक्षाको काम सकेको हो । स्थलगत मूल्यांकनका लागि गत मे २६ देखि जुन १० सम्म आईएमएफको टोली काठमाडौंमा थियो । टोलीले तयार पारेको प्रतिवेदन आईएमएफको व्यवस्थापन र कार्यकारी समितिबाट स्वीकृत भएपछि नेपालले छैटौं किस्ताबापतको करिब पौने ५ अर्ब रुपैयाँ नेपालले प्राप्त गर्नेछ । आईएमएफले नेपाललाई यो सुविधाअन्तर्गत कुल ४९ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधा (ईसीएफ) दिने सहमति भइसकेको छ । नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि आईएमएफले यस्तो सुविधा दिन लागेको हो । विगतमा नेपालको विदेशी मुद्रा सञ्चिति उच्च दरले घटिरहेको र शोधनान्तर स्थिति घाटामा रहे पनि त्यसलाई व्यवस्थापन गर्न भन्दै सरकारले आईएमएफसँग विस्तारित कर्जा सुविधा लिने सम्झौता गरेको थियो । यसअनुसार पाँच किस्ताबापतको रकम प्राप्त गरिसकेको छ भने छैटौं किस्ताका लागि अहिले स्थलगत मूल्यांकन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space