कुखुरा फार्ममा आगलागी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ । गएराति भएको आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर मरेका छन् । प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला जलेर मरेका हुन् । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । बर्दघाट नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो । आगलागीबाट फर्मको भौतिक संरचनामा समेत क्षति भएको छ
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ कुखुरा फार्ममा आगलागी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ कुखुरा फार्ममा आगलागी
२०८२ जेष्ठ २९, बिहीबार १८:५४ बजे

प्रतिक्रिया