अखिलको निर्वाचन आन्तरिक विवादका कारण हिजो हुने भनिएको नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि आज निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागिएको हो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको छ । संशोधित कार्यतालिका अनुसार अहिले केहीबेरमा मतदान सुरु हुने बताइएको छ । निर्वाचनकालागि ४० वटा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा एक हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने अनेरास्ववियुले जनाएको छ । भावी नेतृत्वका लागि अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा ४ जनाले उम्मेद्वारी दिएका छन् । महिला उपाध्यक्षमा पनि ४ जना प्रतिष्पर्धामा छन् । महासचिवमा तीन जनाको उम्मेद्वारी परेको छ भने उपमहासचिवमा तीन जना छन् भने सचिवकालागि दर्जन बढीले भोट मागेका छन् । सबै उम्मेद्वार ३२ वर्ष मुनिका हुन् ।
अखिलको निर्वाचन
आन्तरिक विवादका कारण हिजो हुने भनिएको नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
२०८२ जेष्ठ २९, बिहीबार १८:४३ बजे

प्रतिक्रिया