काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लामोसमयदेखि बस्न नसकेको कार्यपालिकाका बैठक बस्ने बताउनुभएको छ । महानगरकी उपमेयर सुनिता डंगोलसहित तीन जना कार्यपालिका सदस्यसंगको छलफलका क्रममा मेयर साहले कार्यपालिकाको बैठक आपसी सहमतिका आधारमा बस्ने बताउनुभएको हो । लामो समयदेखि बैठक बस्न नसक्दा मेयर, उपमेयर र कार्यपालिका सदस्यबीच विभिन्न शंका उपशंका भएको स्वीकार्दै मेयर साहले अब नगरपरिषद्, कार्यपालिकाको बैठक सहमतिका आधारमा बस्ने बताउनुभएको हो । मेयरसंगको छलफलबारे महानगरका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो– बाइट…नवीन मानन्धर असार १५ गते भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि त्यसअघि गर्नुपर्ने छलफलहरु नियमित हुन सकेको छैनन् । नीति तथा कार्यक्रम तयार भएपछि नगरपरिषद्को बैठक बस्ने महानगरले जनाएको छ । त्यसपछि कार्यपालिकाको बैठक बसेर बजेट पारित गर्नुपर्ने भएपनि गत पुस १४ यता कार्यपालिकाको बैठक बस्न सकेको छैन । असार १५ भित्र बजेट नल्याए आर्थिक कारोबार नै रोकिने जोखिम बढेपछि उपमेयर डंगोल र प्रवक्ता मानन्धरको पहलकदमीमा बैठक बसेको बुझिएको छ । गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेश गर्न रोक लगाएपछिको उत्पन्न विवादकाबीच मेयर, उपमेयर र कार्यपालिका सदस्यबीचको सम्बन्ध चिसिएको थियो ।
काठमाडौं महानगरपालिका
लामोसमयदेखि बस्न नसकेको कार्यपालिकाका बैठक बस्ने-मेयर बालेन्द्र साह
२०८२ जेष्ठ २९, बिहीबार १८:३७ बजे

प्रतिक्रिया