+
Search

ताजा अपडेट +

पपुलर +

एयर इन्डिया विमान दुर्घटना

एयर इन्डिया विमान दुर्घटना : डाक्टरको होस्टलमा खस्दा जमिनका १५ जना घाइते, ठूलो क्षतिको आशंका

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १८:२० बजे

काठमाडौं, एयर इन्डियाको लन्डनतर्फ गइरहेको यात्रुवाहक जहाज ‘एआई १७१’ भारतको अहमदावादमा दुर्घटनाग्रस्त भएको छ। जहाज जमिनमा खसेपछि कम्तीमा १५ जना डाक्टर घाइते भएको र अझै अन्य व्यक्ति पुरिएको हुन सक्ने आशंका गरिएको छ।

विमान सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि केही मिनेटमै अहमदावादको मेघाणी नगर इलाकामा दुर्घटना भएको हो। जहाज सिधै डाक्टरहरू बस्ने होस्टलमा खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय पार्षदको भनाइअनुसार, २०–२५ जना जमिनमा परेका

भारतीय समाचार संस्था एबीपी न्यूजले उद्धृत गरेको स्थानीय पार्षदका अनुसार, दुर्घटनास्थलमा करिब २० देखि २५ जना मानिस जमिनमै परेका छन्।
१५ जना डाक्टरहरू गम्भीर घाइते अवस्थामा उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएका छन्। दुर्घटनामा परेको बोइङ ७८७ ड्रीमलाइनर विमानमा १ सय ६९ जना भारतीय नागरिक, ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानडाली नागरिक सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। विमानमा २ सय ३० जना सवार जहाजको इन्धन ट्याङ्की विस्फोटका कारण आगलागीसमेत भएको र अग्निनियन्त्रक टोलीले आगो नियन्त्रणमा लिएको जनाइएको छ। उद्धारकार्य जारी रहेको छ।उक्त विमान भारतको अहमदावादबाट उडेर बेलायतको ग्याटविक विमानस्थलतर्फ गइरहेको थियो।दुर्घटनाको कारणबारे अनुसन्धान प्रारम्भ भएको छ भने विमान प्राविधिक समस्या वा पक्षी ठोक्किनुजस्ता कारणबाट दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

 


नोट: यो समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणका आधारमा तयार गरिएको हो। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space