+
Search

ताजा अपडेट +

पपुलर +

तामाङ चलचित्र संघ स्थापना दिवस

१७औं तामाङ चलचित्र संघ स्थापना दिवसमा ‘सेमरी छोरङान पदक’ तथा सम्मान कार्यक्रम सम्पन्न

Janata Space
२०८२ जेष्ठ २६, सोमबार १४:५२ बजे

काठमाडौं, जेठ २४ —
१७औं तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा ‘सेमरी छोरङान पदक’ तथा सम्मान कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको सभापतित्व संघका अध्यक्ष दिपक लामाले गर्नु भएको थियो भने नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रमका सञ्चालक संघका महासचिव उत्तर लामा थिए।
विशिष्ट अतिथिका रूपमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान,
विशेष अतिथिका रूपमा आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइँसल लामा,
साथै अन्य अतिथिहरूमा चलचित्र संरक्षण मञ्चका अध्यक्ष रोजन रखल,
बागमती प्रदेश तामाङ चलचित्र संघ अध्यक्ष दावा फिन्जो तामाङ,
पत्रकार संघ अध्यक्ष नेत्र तामाङ, उपाध्यक्ष तीर्थ मान बल,
नमोबुद्ध खबर सञ्चालक जगत मान बल, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मानित व्यक्तित्वहरू

कार्यक्रममा सेमरी छोरङान पदक सम्मान प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा:

  • लोकप्रिय तामाङ चलचित्र नायक कुमार मोक्तान

  • चर्चित नायिका लता योन्जन

  • गायक तथा संगीतकार विश्व दोङ

त्यस्तै, सेमरी छोरङान सम्मान बाट सम्मानित हुने अन्य विशिष्ट व्यक्तित्वहरू:

  • नायक दावा फिन्जो तामाङ

  • वरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रिन

  • वरिष्ठ पत्रकार सूर्य मोक्तान

  • निर्माता तथा कलाकार प्रबल थिङ तामाङ

  • नायिका संगीता तितुङ

  • गायिका बबिता पाख्रिन

  • गायक प्रतीक मोक्तान

उक्त जानकारी कार्यक्रम संयोजक बिनायक तामाङले दिनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space