+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकाले ५ सय डलर दिने

युद्धग्रस्त गाजा क्षेत्रमा अमेरिकाले ५ सय मिलियन डलर सहायता प्रदान गर्ने भएको छ

Janata Space
२०८२ जेष्ठ २४, शनिबार ०९:५४ बजे

अमेरिकाले ५ सय डलर दिने युद्धग्रस्त गाजा क्षेत्रमा अमेरिकाले ५ सय मिलियन डलर सहायता प्रदान गर्ने भएको छ । सहायता प्रदान गर्ने नयाँ फाउन्डेसनलाई अमेरिकी राज्य विभागले हिंसा र अराजकताविरुद्ध लड्न सो रकम बराबरको सहायता प्रदान गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गाजा क्षेत्रमा मानवीय फाउन्डेसनको लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले रकम उपलब्ध गराउने अधिकारीहरुले बताएका हुन् । संयुक्त राष्ट्र संघ लगायत मानवीय संस्थाद्वारा तटस्थताको कमीको आरोपमा कडा आलोचना गरिएकाले गत साता नै सहायता वितरण सुरु गरीसकेको छ । जसमा ११ साताको इजरायली सहायता नाकाबन्दी पछि गाजाको २३ लाख जनसंख्या मध्ये अधिकांश भोकमरीको जोखिममा रहेको चेतावनीबीच सहायता वितरण सुरु गरिएको हो । गत मे १९ मा सीमित वितरण पुनः सुरु गर्न अनुमति दिइएपछि नाकाबन्दी हटाइएको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र इजरायलले आर्थिक सहयोग नगर्ने बताएका थिए । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता समूहलाई दबाब बढेपछि सहायताका लागि अमेरिका अघि सरेको हो । क्यानडा–भारतको समाचार सिख समुदायको नेता मारिएको विषयमा दुई मुलुकबीच कुटनीतिक सम्बन्ध चिसिएको समयमा क्यानडाले भारतलाई जी सेभेन सम्मेलनमा आमन्त्रण गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जी सेभेन सम्मेलनको जमघटमा निमन्त्रण गर्नुभएको हो । जी सेभेनको सदस्य राष्ट्रमा भारत समावेश छैन तर पाहुनाको रुपमा निमन्त्रण गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space