१७ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३ औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही जेठ १८ गतेदेखि २४ गते सम्म सप्ताहव्यापी रुपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष विश्वमा अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ । प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गरेको डब्लूएचओेको तथ्यांक छ । विश्वमा खाद्य स्वच्छता दिवस मनाउन ुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन सुरु गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ ।
१७ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छताः
विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै
२०८२ जेष्ठ २४, शनिबार ०९:३६ बजे

प्रतिक्रिया