+
Search

ताजा अपडेट +

पपुलर +

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विगत पाँच महिनादेखिको ताला

Janata Space
२०८२ जेष्ठ १२, सोमबार १२:१४ बजे

संस्कृत विश्वविद्यालयमा ५ महिनादेखि ताला दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विगत पाँच महिनादेखिको तालाबन्दीले शैक्षिक कार्यक्रम प्रभावित बनेको छ । तालाबन्दीका कारण विश्वविद्यालयका प्रशासनिक, आर्थिक र शैक्षिक कार्यक्रम विगत ५ महिनायता ठप्प छ भने कर्मचारी र प्राध्यापकले तलब समेत पाएका छैनन् । माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले गत पुस १२ देखि केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । यसैगरी गत फागुनदेखि अनुसन्धान केन्द्रको कार्यालयमा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनले विश्वविद्यालय माग पूरा गर्न तयार नहुँदासम्म ताला खोल्न नसकिने अडान लिएका छन् । ताला खुलाउने विषयमा पटकपटक वार्ता भएपनि सहमति हुन सकेको छैन । विश्वविद्यालयका नियमित काम प्रभावित भएपछि सबैतिर चिन्ता र चासो बढेको हो । ताला खुल्न नसकेपछि नागरिक समाज दाङले विश्वविद्यालयका पदाधिकारी, राजनीतिक दल, विद्यार्थी संगठन, प्रशासन र अन्य सरोकारावालाको सहभागितामा छलफल गरेको थियो । कार्यक्रममा सहभागी राजनीतिक दलहरुले ताला समस्याको दिगो समाधान नभएकाले वार्ता र छलफलबाटै समाधान खोज्नुपर्ने सुझाव दिएका थिए । विश्वविद्यालयमा अनियमितता रोकी दोषीलाई कारबाही गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा ओपीडी तथा आइपीडी सहितको अस्पताल निर्माण गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठ र वीपी संस्कृत विद्यापीठ सोलुखुम्बुमा छात्रावास निर्माण गर्नुपर्ने लगायत माग राख्दै तालाबन्दी गरेका थिए । विश्वविद्यालयमा लामो समय तालाबन्दी भएका कारण सरोकारवालाको ध्यानाकर्षण गराउन बृहत छलफल आयोजना गरिएको नागरिक समाज दाङका अध्यक्ष निम बहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space