वीरगञ्ज नाका हुँदै भित्रियो साल्टको २० हजार टन युरिया पर्साको वीरगञ्ज नाकाबाट पछिल्लो तीन सातामा २० हजार मेट्रिक टन युरिया मल भित्रिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वीरगञ्जस्थित मधेश प्रादेशिक कार्यालयका सूचना अधिकारी सन्जय गुप्ताका अनुसार एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहबाट गरी ८ रेल्वे ¥याकमा सो परिमाण बराबरको युरिया मल आईपुगेको हो । साल्टले ग्लोबल टेण्डरबाट ३० हजार टन युरिया मल आयात गर्न लागेकोमा सोही कन्साइन्मेन्टको मल निरन्तर भित्रिरहेको हो । कुल ३० हजार टन मध्ये वीरगञ्ज प्रादेशिक कार्यालयले करीब १२ हजार ७ सय ७४ टन मल पाउने छ । बाँकी मल भैरहवा र विराटनर प्रादेशिक कार्यालयले पाउने छन् । हालसम्म वीरगञ्ज प्रादेशिक कार्यालयको गोदाममा ९ हजार ९ सय ७७ टन युरिया मल भित्रिसकेको सूचना अधिकारी गुप्ताले बताउनुभयो । सुनवलमा सवारी दुर्घटनामा एक युवकको मृत्यु नवलपरासी पश्चिमको सुनवलमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । सुनवल नगरपालिका–९ स्वाठीमा गाडीले मोटरलाइकललाई ठक्कर दिँदा रामग्राम नगरपालिका–१ का २२ वर्षीय जीवन यादवको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते भएका यादवको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । मोटरसाइनललाई ठक्कर दिएर गाडी फरार भएकोले खोजी भईरहेको प्रहरीले जनाएको छ ।
पर्साको वीरगञ्ज नाकाबाट पछिल्लो तीन सातामा २० हजार मेट्रिक टन युरिया मल भित्रिएको छ
पर्साको वीरगञ्ज नाकाबाट पछिल्लो तीन सातामा २० हजार मेट्रिक टन युरिया मल भित्रिएको छ
२०८२ जेष्ठ ५, सोमबार १९:५२ बजे

प्रतिक्रिया