बागमती प्रदेशको बजेट अधिवेशन आज सुरु हुँदै बागमती प्रदेशको बजेट अधिवेशन आज सुरु हुँदैछ । सत्ता र प्रतिपक्ष दलबीचको विवादका कारण समय अगावै हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनको लागि अधिवेशन बोलाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी गरिरहेको छ । बर्खे अधिवेशन सञ्चालनको लागि हिजो मुख्यमन्त्री बहादुरसिंह लामाको सक्रियतामा सत्ता र प्रतिपक्ष दलको बैठक बसे पनि निष्कर्षविहीन भएको थियो । सोही कारण आजको बैठकमा विपक्षी दलले संसद अवरोध गर्ने सम्भावना छ । प्रदेश सभाको पन्ध्रौं अधिवेशन गत चैत २० मा अन्त्य भएको थियो ।
बागमती प्रदेशको बजेट अधिवेशन आज सुरु हुँदै सत्ता र प्रतिपक्ष दलबीचको विवाद
बागमती प्रदेशको बजेट अधिवेशन आज सुरु हुँदै सत्ता र प्रतिपक्ष दलबीचको विवाद
२०८२ जेष्ठ ५, सोमबार १९:४३ बजे

प्रतिक्रिया