हुम्लामा हिमताल फुटेको पुष्टि हुम्लाको तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । बाढी–पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको तथ्य फेला पारेको हो । फोर के नेस्नलडेलि संग
कुरा गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि हिमताल फुटेकै कारण बाढी आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार ४७ सय मिटर भन्दा माथिको स्थानसम्म हिमताल फुटेकोे छ । हिमताल फुटेपछिको सम्भावित जोखिम कम गर्नका लागि टोली परिचालन गरिएको मन्त्री शाहीले बताउनुभयो । नाम्खा गाउँपालिका–६ को तिलगाउँ र कञ्जुम गुम्बाबीच भएर बग्ने सेखाङलुग्वा खोलामा गत बिहीबार राति पानी नै नपरी एक्कासी बाढी आएको थियो । बाढी लगत्तै जोखिममा परेका १८ घरपरिवारका ३२ जनालाई राति नै सुरक्षित स्थानमा सारिएको छ । उनीहरु अहिले पनि त्रिपालमा बस्दै आएका छन् । पानी नपरेको अवस्थामा एक्कासी बाढी आउँदा स्थानीय त्रसित छन् । लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । त्यस्तै, बाढीले १५ किलोवाट क्षमताको एउटा जलविद्युत गृहका साथै सिंचाइका लागि प्रयोग गरिँदै आएको कुलो पनि बगाएको छ । पहिरोले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो । यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढी–पहिरो प्रभावितको तत्काल उद्धार तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले आज बिहान समाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिनु भएको छ । फेसबुकमा लेख्दै उहाँले राहत र उद्धारको पर्खाइमा रहेका ३३ जनाले अहिलेसम्म सरकारबाट केही नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
हुम्लाको तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि
हुम्लाको तिलगाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको तथ्य फेला पारेको हो
२०८२ जेष्ठ ५, सोमबार १९:४० बजे

प्रतिक्रिया