+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसदको दुबै सदनको बैठक बस्दै

संघीय संसदको दुबै सदनको बैठक बस्दै सरकारले जलस्रोत विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

Janata Space
२०८२ जेष्ठ ५, सोमबार १९:३६ बजे

संघीय संसदको दुबै सदनको बैठक बस्दै सरकारले जलस्रोत विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको अहिले जारी बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयकमाथि छलफलका लागि प्रस्ताव गर्ने र त्यसपछि पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ । बैठकमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयसँग जोडिएका विषयमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैबीच राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक २०८१ पेस गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space