+
Search

ताजा अपडेट +

पपुलर +

शुल्क पुनरावलोकन गर्ने विषयमा निर्णयका लागि चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ

शुल्क पुनरावलोकन गर्ने विषयमा निर्णयका लागि चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ

Janata Space
२०८२ बैशाख १५, सोमबार १७:५३ बजे

चिकित्सा शिक्षा आयोगको बैठक  सिट संख्या र शुल्क पुनरावलोकन गर्न कार्यदल मेडिकल कलेजमा विद्यार्थी भर्नाको सिट संख्या र शुल्क पुनरावलोकन गर्ने विषयमा निर्णयका लागि चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा आयोग अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे बैठक बस्ने तयारी भएको आयोगका उपध्याक्ष डा. अञ्जनी कुमार झाले बताउनुभयो । यसअघिको १८ औं बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियोे । सो कार्यदलले तयार पारेको प्रतिवेदनमा निर्णय लिनका लागि आज बैठक बस्ने तय भएको उपाध्यक्ष झाको भनाई छ । आयोगको १७ औं बैठकले चिकित्सा शिक्षामा स्नातकोत्तर (पीजी) अध्ययरत आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने निर्णय गरको थियो । सो निर्णयमा असन्तुष्टि जनाउँदै निजी मेडिकल कलेजहरुले पीजी अध्यापन नगराउने निर्णय गरेका छन् भने आवासीय चिकित्सकले निर्णय अनुसार मासिक ४८ हजार निर्वाह भत्ता पाउनुपर्ने भन्दै सडक आन्दोलनमा छन् । अधिकांश मेडिकल कलेजका आवासीय चिकित्सकले सेवा बहिस्कार गर्दै प्रदर्शन गर्दै आएका छन् । निजी मेडिकल कलेज सञ्चालकले निर्वाह भत्ता दिन सरकारले आर्थिक स्रोत सुनिश्चितता गरिदिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space