+
Search

ताजा अपडेट +

पपुलर +

​प्रधानमन्त्रीले संसदमा भने – ‘संसदबाट जनतालाई भ्रम छर्नु बाञ्छनीय हुँदैन’

Janata Space
२०७५ भाद्र १३, बुधबार १७:५५ बजे

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माले कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको बताएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन र मुलुकका समसामयिक विषयमा सदनलाई जानकारी दिएपछि सांसदले प्रधानमन्त्री ओलीसँग भ्रष्टाचार, महिला हिंसा, आपराधिक क्रियाकलाप र करलगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

‘अहिलेको सरकारले कुनै पनि भ्रष्टाचार गर्दैन, अरुलाई पनि भ्रष्टाचार गर्न दिँदैन, भ्रष्टाचार गरेको सहँदैन’ उनले जवाफ दिदैं भने ‘कृत्रिम मूल्यवृद्धिलाई प्रभावकारी ढंगले नियन्त्रण गरिनेछ, बजारको प्रभावकारी अनुगमन हुनेछ ।’

स्थानीय तहको करबारे अतिरञ्जित ढङ्गबाट बढाइचढाई गरिएको बताउँदै उहाँले अधिनायकवादको लक्ष्य भनेको जनताको मत र जनाधारको अपमान गर्ने हुन्छ भन्ने पक्षलाई सबैले हेक्का राख्न आवश्यक रहेको बताए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को विकल्पमा रुपमा बिम्स्टेकलाई नबुझ्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सार्कका हरेक शिखर सम्मेलन भइरहेका छन् । सार्कले अपेक्षितरुपमा गतिशील र प्रभावकारी काम गर्न नसकेको अवस्था भने छ । सार्कलाई गतिशील तुल्याउन आवश्यक छ, त्यो पक्षमा हामी छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space